जोडिनुहोस
  • होमपेज
  • अग्रिम टिकट बुकिङ बन्द गर्ने व्यवसायीको तयारी, यातायात व्यवस्था विभाग बेखबर

अग्रिम टिकट बुकिङ बन्द गर्ने व्यवसायीको तयारी, यातायात व्यवस्था विभाग बेखबर

काठमाडौं। यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्।

राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए। पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए।

यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो। अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेका लाई पु¥याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ। त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन्। यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए।

अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ। विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको बताएका छन्।

उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । ‘अहिले छुटेका गाडी आइपुग्न नभ्याए पनि दसैँका लागि थपिएका गाडीहरू छँदैछन्, त्यसैले टिकट बन्द नै गर्नुपर्छ भन्ने अवस्था हुँदैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका