जोडिनुहोस
  • होमपेज
  • अनिल साहले एनपीएलका बाँकी खेल नखेल्ने, जनकपुरको कप्तानी आशिफले गर्ने

अनिल साहले एनपीएलका बाँकी खेल नखेल्ने, जनकपुरको कप्तानी आशिफले गर्ने

काठमाडौं। जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन् । जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ ।

अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए । उनी सो खेलमा आठ रनमै आउट भएका थिए । त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो । अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ ।

जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिएका हुन् । अनिलले लिगको पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध पाँच रन मात्रै बनाएको भए पनि दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध अविजित ६२ रनको शानदार पारी खेलेका थिए । उनले पोखरा एभेन्जर्स विरुद्ध एक, लुम्बिनी लायन्स विरुद्ध ४५, सुदूरपश्चिम रोयल्स विरुद्ध शून्य र काठमान्डु गुर्खाज विरुद्धको खेलमा ११ रन बनाएका थिए । उनी जनकपुरको ओपनर ब्याटर हुन् ।

जनकपुरले लिग चरणका दुई खेलमा पराजय बेहोरेको भए पनि पाँच जित सहित १० अंक बनाएर क्वालिफायरमा पुगेको हो । उसले पहिलो क्वालिफायरमा भोलि सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका