जोडिनुहोस
  • होमपेज
  • अन्तःशुल्क स्टिकर प्रकरणमा विकल र सफललाई ८ वर्ष कैद

अन्तःशुल्क स्टिकर प्रकरणमा विकल र सफललाई ८ वर्ष कैद

काठमाडौं। विशेष अदालतले अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई ८/८ वर्ष कैद सजाय सुनाएको छ।

त्यस्तै दुवै जनालाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ बिगो र त्यति नै जरिवाना पनि अदालतले तोकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसलामा आज (बिहीबार) सजाय निर्धारण गरेको हो।

यसै प्रकरणमा मुछिएका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले भने सफाइ पाएका छन्। सफाइ पाए पनि उनले पदबाट राजीनामा दिइसकेका छन्।

यस्तै खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र प्रिन्ट सेल प्रालि तथा यसका निर्देशक एवं सञ्चालक केशव शर्माविरुद्ध पनि मुद्दा दायर भएकामा उनीहरू सबैले सफाइ पाएका छन्।

यस्तै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक टङ्कप्रसाद पाण्डेय, आन्तरिक राजस्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाही, आन्तरिक राजस्व विभागका तत्कालीन शाखा र अधिकृत रविन्द्रप्रसाद पौड्यालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका