जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

अफगानिस्तानमा बम विस्फोट, मन्त्रीसहित ६ जना मारिए

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ। तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर–रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो।

तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ। आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ।

विस्फोटको जिम्मेवारी हालसम्म भने कसैले लिएको छैन। अफगानिस्तानको शरणार्थी संकटलाई सम्हालिरहेका हक्कानी वर्तमान आन्तरिकमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन्।

सन् २०२१ मा अफगानिस्तानबाट विदेशी सेना फिर्ता भएपछि हक्कानी तालिवानको अन्तरिम सरकारमा मन्त्री बनेका थिए।

अमेरिकी विदेश मन्त्रालयले भने उनी तालिबानको दुई दशक लामो सशस्त्र अभियानका क्रममा धेरै हिंस्रक आक्रमणहरूका जिम्मेवार शक्तिशाली हक्कानी नेटवर्कका वरिष्ठ नेता भएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका