जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा शक्तिशाली आँधीबाट ४३ को मृत्यु, लाखौं मानिस विद्युतबाट वञ्चित

अमेरिकामा शक्तिशाली आँधीबाट ४३ को मृत्यु, लाखौं मानिस विद्युतबाट वञ्चित

एजेन्सी। अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा हेलेन नामको आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लाखौं मानिसहरु विद्युत सेवाबाट वञ्चित बनेका छन् ।

सरकारी अधिकारीहरुका अनुसार बाढीको पानीमा फसेका मानिसहरुलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका ५० जना कर्मचारीहरुलाई पनि उद्धार गरिएको थियो ।

बिहीबार राति फ्लोरिडाको तटमा ठोक्किएर उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ अगाडि बढेको यसलाई अहिलेसम्मकै शक्तिशाली आँधी मानिएको छ । आँधीका कारण भएका भौतिक क्षतिको मूल्यांकन गर्दा अर्बौं डलर बराबरको नोक्सान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच आँधी मापन सम्बन्धी सरकारी निकायले यो आँधीलाई अमेरिकामा मापन सुरु गर्न थालेदेखिकै १४ औं शक्तिशाली आँधी भनेको छ ।

तीब्र हावाहुरीका साथै अमेरिकाका कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । विशेषगरी फ्लोरिडा,जर्जिया, टेनेसी र क्यारोलिना क्षेत्रमा बढी आँधी र वर्षाको असर देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका