जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले नेपाली सहित ११९ जना अवैध आप्रवासीलाई पनामा पठायो

अमेरिकाले नेपाली सहित ११९ जना अवैध आप्रवासीलाई पनामा पठायो

काठमाडौं। अमेरिकाले नेपाल लगायत विभिन्न देशका ११९ जना अवैध आप्रवासीलाई पनामा पठाएको पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले पुष्टि गरेका छन्।

ट्रम्प प्रशासन र पनामाबीच भएको सहमति अनुसार अमेरिकाबाट निष्कासित अवैध आप्रवासीको पहिलो खेप बुधबार आफनो देशमा अवतरण गरेको पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका हुन् । पत्रकार सम्मेलनमा मुलिनोले नेपाल, अफगानिस्तान, चीन, भारत, इरान, पाकिस्तान, श्रीलंका, तुर्किए, उजबेकिस्तान र भिएतनामका अवैध आप्रवासी बोकेको जहाज बुधबार १२ फेब्रुअरीमा आफनो देश आइपुगेको बताए ।

मुलिनोले अमेरिकाबाट निष्कासित अवैध आप्रवासीको थप दुई वटा उडान चाँडै पनामा आइपुग्ने समेत जानकारी गराएका छन् । अमेरिकाले तीन वटा उडानमा कुल ३६० जना अवैध आप्रवासीलाई पनामा पठाउने उनले जानकारी दिए ।

अमेरिकाबाट यसरी पठाइएका आप्रवासीलाई उनीहरूको सम्बन्धित देश फिर्ता पठाउनुअघि डेरिएन जंगल नजिकैको शरणार्थी शिविरमा राखिने जनाइएको छ । अमेरिकी गृह मन्त्रालयले भने यसबारे राखिएको जिज्ञासामा तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ ।

नवनियुक्त अमेरिकी विदेशमन्त्री मार्को रुबियो यही फेब्रुअरीको पहिलो साता पनामा पुग्नुभएको थियो भने सोही समयमा दुई देशबीच अवैध आप्रवासी लिने सम्बन्धमा सहमति भएको बताइएको छ । आफ्नो भ्रमणका क्रममा रुबियोले पनामा क्यानलमा चीनको प्रभाव कम गर्न राष्ट्रपति मुलिनोलाई चेतावनी दिनुभएको थियो भने मुलिनोले पनामा क्यानलमाथिको सार्वभौमसत्ता बहसको विषय नभएको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पनामा क्यानलमा चीनको प्रभाव बढेको भन्दै अमेरिकाले यसलाई फिर्ता लिने चेतावनी दिए यता दुई देशबीचको सम्बन्धमा तनाव देखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका