जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले रुसको कब्जा गरेको सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर दियो

अमेरिकाले रुसको कब्जा गरेको सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर दियो

काठमाडौं। अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ । अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो ।

यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी ७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए।

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ “रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने” बताए।

उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र युक्रेनले उक्त रकम पाउने बताए ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार सम्हालेसँगै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाहेको भन्दै अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो ।

ट्रम्पले युक्रेनलाई दिएको सहायतालाई ‘अमेरिकी स्रोतमाथिको बोझ’ भनेका थिए । ट्रम्पको यो भनाइपछि नयाँ राष्ट्रपतिको प्रशासनमा पनि युक्रेनलाई आर्थिक सहायता दिने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका