जोडिनुहोस
  • होमपेज
  • अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प वा ह्यारिस कसैलाई समर्थन नगर्ने प्रमुख श्रमिक सङ्घको घोषणा

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प वा ह्यारिस कसैलाई समर्थन नगर्ने प्रमुख श्रमिक सङ्घको घोषणा

काठमाडौं। अमेरिकाको सबैभन्दा प्रभावशाली लेबर युनियन अर्थात् मजदुर सङ्घमध्ये एक ‘इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स’ ले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ ।

सन् १९९६ पछि यो युनियनले कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेको पहिलो पटक हो । अमेरिका र क्यानडामा गरी यो मजदुर सङ्घमा १३ लाख जना सदस्य छन् । यद्यपि युनियनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस दुवैले आफ्ना केही मुद्दाहरूमा प्रतिबद्धता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

युनियनले आफ्ना साधारण सदस्यहरूको मतदानले पनि कुनै उम्मेदवारका लागि निश्चित समर्थन नगरेको दाबी पनि गरेको छ । तर यसअघि युनियनले आफ्ना सदस्यहरूबीच गरेको सर्वेक्षणमा ट्रम्पलाई एकतर्फी समर्थन गरेको सङ्केत देखिएको थियो ।

लेबर युनियनको यो निर्णयले अमेरिकाका श्रमजीवी मतदातालाई लोभ्याउन खोजिरहेकी कमला ह्यारिसलाई घाटा हुने आशङ्का गरिएको खबरमा उल्लेख छ ।

टिमस्टर्स युनियनले कसैलाई समर्थन गरेको अवस्थामा पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिन राज्यमा चुनावी नतिजामा ठूलो अन्तर पर्छ, यी राज्यमा युनियनका हजारौं सदस्य छन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका