जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताएका छन् ।

शुक्रवार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनी कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिएका हुन् ।

उनले अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरू पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गरे । नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देश र जनताको लागि पहरेदार र सिपाहीका रूपमा नेकपा एमाले रहेको उनको भनाइ छ ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोलिएको प्रधानमन्त्री ओलीले बताए । आफूहरू कमिसनखोरी गर्नका लागि सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न र आफ्ना भर्ती गर्न सरकारमा नगएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने ‘नेकपा एमाले र नेपाली काँग्रेस प्रतिस्पर्धी पार्टी पनि हुन् । तर अहिले यी दुई पार्टी किन एक ठाउँमा छन् रु किनकि अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा महत्वपूर्ण कुरा हाम्रो एकता हो । देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको छ । नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ देशमा देश र जनताको लागि पहरेदार र सिपाहीका रूपमा नेकपा एमाले रहेको छ र रहनेछ । नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन । किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं । भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन । म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । तपाईँहरू नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएका छ । के तपाईँहरू साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग रु तथ्यसहित बहस गर्न सक्नुहुन्छ । भन्दिए त भयो नि कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर,स्विस बैंकमा यत्ति हजार ? तपाईँहरू त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् ।’

मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उनले सबै उद्योगीहरूलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका