जोडिनुहोस
  • होमपेज
  • अलपत्र दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउने मिसनमा स्पेस एक्स

अलपत्र दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउने मिसनमा स्पेस एक्स

क्यालिफोर्निया। अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले जुनयता अन्तरिक्षमा अलपत्र परेका दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने मिसन सुरु गरेको छ । सुनिता विलियम र बुच विलमोरलाई फिर्ता ल्याउन २ ओटा सिट खाली राखेर कम्पनीले शनिबार फ्लोरिडाको केप कानाभेरलबाट ड्र्यागन क्याप्सुल पठाएको छ ।

बुच र सुनिताका लागि आवश्यक ताजा सामाग्रीहरू बोकेर नासाका अन्तरिक्ष यात्री निक हग र रुसी अन्तरिक्ष यात्री अलेक्जान्देर गोर्बुनोभ सो क्याप्सुलमा गएका छन् । यानले उनीहरूलाई फेब्रुअरीमा पृथ्वीमा ल्याउनेछ । क्याप्सुल बिहीबारै लञ्च गरिने भएको थियो ।

तर अमेरिकामा आएको हेलेन आँधीले फ्लोरिडामा वितन्डा गरेपछि यसको प्रक्षेपण शनिबार मात्रै गरियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेस एक्सले हरेक ६÷६ महिनामा अन्तरिक्षयात्रीहरूलाई आईएसएसबाट पृथ्वीमा ल्याउने र पु¥याउने गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका