जोडिनुहोस
  • होमपेज
  • अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन

अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन

काठमाडौं। नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन्।

उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतले उमेर हदका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका छन्। प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ। उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए।

सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिइएको डीआईजी राजेशनाथ बास्तोलाले बताए। उनले भने, ‘निवेदन फिर्ता लिएका छौँ ।’ प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन्। श्यामलाल ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका