जोडिनुहोस
  • होमपेज
  • असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

काठमाडौं। असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ। आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन्।

तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए।

देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ। तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन। काठमाडौं उपत्यकामा पनि अहिले पारिलो घाम लागेको छ। केहीबेर बादलले छोप्ने र फेरि घाम लाग्ने भइरहेको छ।

मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ।

तर शुक्रबार पानी पार्ने प्रणाली भित्रिँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरु तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका