जोडिनुहोस
  • होमपेज
  • अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एक दिवसीय क्रिकेटबाट लिए संन्यास

अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एक दिवसीय क्रिकेटबाट लिए संन्यास

काठमाडौं। अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले एक दिवसीय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले टी–२० क्रिकेट खेल्ने बताएको भए पनि एक दिवसीय फम्र्याटबाट संन्यासको घोषणा गरेका हुन्। उनले आउँदो च्याम्पियन्स ट्रफीसमेत नखेल्ने बताएका छन् ।

३५ वर्षका स्टोइनिस अब टी–२० क्रिकेटमा मात्रै केन्द्रित हुने बताउँछन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७१ खेल खेल्दा एक हजार ४ सय ९५ रन बनाएका छन् भने ४८ विकेट आफ्नो नाममा गरिसकेका छन् ।

स्टोइनिस २६ दशमलव ६९ को औषतमा रन प्रहार गर्छन् । अहिलेसम्म उनले बनाएको सर्वाधिक रन एक सय ४६ हो । उनको नाममा एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान थियो ।

अहिले उनको एक सय ४६ रन सर्वाधिक रनको दोस्रो स्थानमा छ । यो रन उनले न्युजिल्यान्डविरुद्ध अकल्यान्डमा बनाएका थिए। उनले राष्ट्रिय टिमबाट खेल्दाका सबै खेलमा आफूले गौरवपूर्ण रुपले खेलको बताएका छन्। उनले संन्यासको निर्णय निकै कठिन गरि लिएको र यो नै सही समय रहेको बताएका छन् । उनले आफ्नो क्रिकेट प्रशिक्षकसँगको सम्बन्ध निकै राम्रो रहेको पनि बताए । उनले च्याम्पियन्स ट्रफी खेल्ने टिमलाई बधाई दिएका छन्।

उनी पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीको लागि टिममा परेका थिए । स्टोइनिसले विश्वभरीका राम्रो फ्रेन्चाइज सबै खेलेका छन्। उनले लखनउ, रोयल च्यालेन्जर्स बैंगलुरु र किंग्स इलेवेन पञ्जाबका साथै दिल्ली क्यापिटलबाट इन्डियन प्रिमियर लिग खेलेका छन्।

त्यसैगरी, पाकिस्तान प्रिमियर लिग, बिग ब्यास लिगमा सक्रियता साथ सहभागीता जनाउँदै आइरहेका छन्। यसैगरी, उनले अमेरिकी लिग, ग्लोबल टी–२० र अबु धाबी टि टेन लिग पनि खेलिसकेका छन्। त्यसैगरी उनले सातौं विकेटको लागि ९२ रनको कीर्तिमानी झोदारी गरेका छन्। उनले सन् २०१५ मा इंग्ल्यान्डसँग खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। पछिल्लो खेलमा सन् २०२४ को नोभेम्बरमा पाकिस्तानसँग खेलेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका