जोडिनुहोस
  • होमपेज
  • आँगनका मिठाई खान अयोग्य, उत्पादकलाई विभागले तिरायो २ लाख जरिवाना

आँगनका मिठाई खान अयोग्य, उत्पादकलाई विभागले तिरायो २ लाख जरिवाना

काठमाडौं। आँगन स्वीट्सका मिठाई उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ।

सो क्रममा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि विभागले २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

‘आकाश फुड्सले आँगन ब्रान्डका मिठाई उत्पादन गर्ने कम्पनी हो,’ विभागका महानिर्देशक राजन दाहालले भने, ‘उनीहरूको वितरण निकै राम्रो देखिए पनि उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिवाना तिराएका छौँ।’

उनका अनुसार मिठाई उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धिकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको थियो।

विभागले मङ्गलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो। सो क्रममा ब्रान्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ।

विभागले पछिल्ला दिनमा ठूला र नाम कहलिएका ब्रान्डहरूमा अनुगमन बढाएको छ। जसमा धेरै कैफियत देखिएको विभागको अनुगमनबाट पाइएको छ। महानिर्देशक पौडेलले भने, ‘जो नाम चलेका ब्रान्ड छन्, उनीहरू त अरुका लागि उदाहरण बन्नु पर्ने हो, तर उपभोक्ता हित प्रतिकुल हुने काम नै यस्तो ब्रान्डमा भेटिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका