जोडिनुहोस
  • होमपेज
  • आईसीसी विश्वकप लिग– २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल

आईसीसी विश्वकप लिग– २ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं। नेपालले आईसीसी विश्वकप लिग– २ अन्तर्गत आज क्यानडाविरुद्व खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।

यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।

लिग– २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौँ स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग–२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली क्यानडामा छ । नेपाली टोलीमा पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । त्यस्तै देव खनाल ट्राभलिङ रिजर्भमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका