जोडिनुहोस
  • होमपेज
  • आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यूनः मौसम पूर्वानुमान महाशाखा

आगामी ३ दिन भारी वर्षाको सम्भावना न्यूनः मौसम पूर्वानुमान महाशाखा

काठमाडौं। आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । तर, आगामी २४ घण्टाका लागि कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्क देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका