जोडिनुहोस

आर्थिक

आज पनि घट्यो सुनको मूल्य

  • Sanchar NP
  • बुधबार, माघ २, २०८१
आज पनि घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला ४ दिनयता सुन लगातार घटेको हो।

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य घट्दै शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।

बिहीबारको तुलनामा भने सुन तोलामा ५०० रुपैयाँ घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ तोकेको छ। बिहीबार १ हजार ७८० रुपैयाँ थियो।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका