जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः शुभकार्यमा अवरोध हुनेछ। व्यापारमा घाटा र मन अशान्त हुनेछ। राजनीतिक संगठनमा समस्या हुनसक्छ। न्यायको पक्षमा गरेको प्रयास सफल हुनेछ। शिक्षाको लगानीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

वृषः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। यो क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परिवारले साथ दिनेछन्। तपाईंलाई ग्रहले साथ दिएका छन्। बिहानै गणेशको पूजा गरेमा दिन सहज बन्नेछ।

मिथुनः कार्यशैलीकै कारण मन अशान्त बन्नेछ। साना कुराले सताउने छ। इष्टदेवको सेवा गरेर अगाडि बढेमा मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्धमा सचेत बन्नु राम्रो हुनेछ।

कर्कटः शुभग्रहको बहुमत भएकाले काम बन्नेछ। धार्मिक अभियान्तासँगको भेटले मनमा उत्साह बढ्नेछ। शान्ति र सम्पत्तिले साथ दिनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः मन अशान्त बन्नेछ। शंका गर्नेको संख्या बढ्नेछ। साथी र राजनीतिक संगठनको बलमा काम सफल बन्नेछन्। परिवारमा संवेदनशील अवस्था बाहेक थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

कन्याः दैनिकी राम्रो छ। सोह्र श्राद्धको अन्तिम दिन भएकाले विधिवत पितृको विर्सजन गरेमा दिन सहज बन्नेछ। लगानीको क्षेत्रबाट नाफा र उत्साह थपिनेछ। सम्पत्ति र खर्च बराबर हुनेछ।

तुलाः नसोचेको क्षति हुनसक्छ। राज्यको विसंगतिले दुःखी बनाउने देखिन्छ। बिहान गणेशको स्मण गर्ने बानीले दिन शान्त बन्ला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय सापेक्ष हुन नसक्दा विवादमा अल्झने दिन छ। बिहान गणेशको पूजा गरेमा मन शान्त बन्नेछ। आफन्तबाट धन आर्जन हुने योग रहेको छ। गणेशलाई दुबो चढाउँदा फाइदा हुनेछ।

धनुः राम्रो कामको सुरुवात हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। परिवारको तर्फबाट सकारात्मक काममा सहयोग मिल्नेछ। दिन शान्त र सहजै बित्ने देखिन्छ।

मकरः धर्मस्थानमा अनुकुल ग्रह बसेका छन्। पितृले आर्शिवाद दिने दिन छ। राज्य र साथीबाट साथ र सहयोग रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। भ्रमणको अवसर जुट्नेछ।

कुम्भः अचानक रोग देखिने छ। मनमा रोग बढ्नेछ। मध्य साढेसातको सामना गर्नुपर्ने भएकाले पितृको आर्शिवाद लिएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। यसले दिन शान्त र परिवारमा मेलमिलाप हुनेछ।

मीनः भाग्य चम्किने दिन छ। आफू शान्त बन्न सके सबै काम बन्नेछन्। राज्य र समाजको सेवामा अवसर मिल्नेछन्। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ खर्च कटौती गर्न सके दिन रमाइलोसँग बित्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका