जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ।

वृषः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

मिथुनः आफ्नै बोलीका कारण आफन्त टाढा हुनेछन्। पेटसम्बन्धी समस्या बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। ठुला उद्योगको सुरुवात नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछ।

कर्कटः लगानीका क्षेत्रमा बन्धुको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। छिमेकमा भएका शुभकार्यमा आकर्षण बढ्नेछ। विदेशी लगानीमा तपाईंको सुझाव रहनेछ। शुभ ग्रहको साथ रहेकाले दिन सहज बन्नेछ।

सिंहः तपाईंले गरेको लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। बन्धुले संकटमा साथ दिनेछन्। परिवारको साथ मिल्नेछ। दिन शान्तसँग बित्नेछ।

कन्याः तपाईंको प्रभाव साथीभाइमा बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले सबैले तपाईंको प्रशंसा गर्नेछन्। भाग्यको उदय हुनका लागि आफूभन्दा सानो उमेरको साथीसँग सहकार्य गर्नु राम्रो हुनेछ।

तुलाः तपाईको प्रतिभाको सम्मान हुनेछ। गला र कलाको प्रशंसा हुने दिन छ। परिवारमा भने संकट आइपर्न सक्छ। बन्धुको तर्फबाट अप्ठेरो अवस्थामा राम्रो साथ मिल्नेछ। महत्त्वकांक्षी इच्छा पूरा हुन नसक्दा मन अशान्त हुनेछ।

वृश्चिकः आम्दानीका हिसाबले दिन राम्रो छ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कालो धनको उपयोग गरेको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनुः दिन सहज छ। साथीभाइले सोचेको भन्दा बढी सहयोग गर्नेछन्। कार्यस्थानमा शुभ ग्रह भएकाले साथी र संगठनको बलमा ठुलो काम बन्नेछ। परिवारको तर्फबाट भने धोका हुने जोखिम छ।

मकरः शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। सचेत नभएमा चोरी हुने जोखिम छ। धार्मिक क्षेत्रमा तपाईंको मन जानेछ। अप्ठेरो समयमा परिवारको साथ मिल्नेछ।

कुम्भः सोचेका काममा बाधा र अड्चन आइपर्ने जोखिम छ। गन्तव्यमा जान नपाउँदा छटपटी बढ्नसक्छ। दक्षिण(पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सक्रिय भएमा माया पाइनेछ।

मीनः तपाईंले सोचेका काममा बाधा नहुने दिन छ। भगिनी संघ र संस्थाबाट मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा गुण र दोषको आधारमा परिवारले साथ दिनेछन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका