जोडिनुहोस
  • होमपेज
  • आसन्न चीन भ्रमणबारे आज सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

आसन्न चीन भ्रमणबारे आज सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्।

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ। प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्ने तयारी भइरहेको छ। तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक भएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका