जोडिनुहोस
  • होमपेज
  • इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

काठमाडौं। अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङ्ल्यान्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो।

इङ्ल्यान्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्वाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २–२ विकेट लिएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाएका थिए।

त्यसै गरि इङ्ल्यान्डका बलर लियाम लिभिङस्टोनले सर्वाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २–२ विकेट लिएका थिए। यो जितपछि ३ खेलमा टी२० सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि भएको छ। अब दोस्रो खेल शुक्रबार हुने तालिका छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका