जोडिनुहोस
  • होमपेज
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ, नेपाल ल्याइयो

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ, नेपाल ल्याइयो

काठमाडौं। इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबीर बुढाथोकी तथा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की छन् ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए।

कार्की बलात्कार मुद्दा फरार थिए। भुपेन्द्रविरुद्ध २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो। यस्तै २०७० साउन २४ गते कबीर र २०८१ असार १२ गते रोमनविरुद्ध रेड नोटिस जारी भएको थियो।

आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कबीर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका