जोडिनुहोस
  • होमपेज
  • इन्स्पेक्टरमाथि बलात्कार सम्बन्धी मुद्दामा ‘फसाइदिने’ भन्दै ३० लाख रुपैयाँ असुलेको आरोप

इन्स्पेक्टरमाथि बलात्कार सम्बन्धी मुद्दामा ‘फसाइदिने’ भन्दै ३० लाख रुपैयाँ असुलेको आरोप

काठमाडौं। ललितपुरस्थित प्रहरी प्रभाग, भैँसेपाटीका प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उनको जिम्मेवारी खोसिएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताइन्।

उनले भनिन्, ‘यस विषयमा छानबिन समिति पनि बनाएका छौँ, उहाँलाई तत्काललाई उपत्यका प्रहरी कार्यालयमै बोलाएका छौँ।’ यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ। समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुङ्गो लाग्ने छ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?