जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

काठमाडौं। उत्तर कोरियाले आज आफ्नो पूर्वी तटबाट थुप्रै अज्ञात छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । नयाँ मध्यम दूरीको हाइपरसोनिक बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको लगभग एक हप्तापछि उत्तर कोरिया पुनः अज्ञात क्षेप्यास्त्र प्रहार गरेको हो ।

क्षेप्यास्त्र स्थानीय समय अनुसार आज बिहान ०९ः ३० बजे प्रहार गरिएको थियो भने क्षेप्यास्त्रहरूले लगभग २५० किलोमिटरको यात्रा तय गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डनल्ड ट्रम्पको पदभार ग्रहण गर्नुभन्दा केही दिन अगाडि प्योङयाङको पछिल्लो शक्ति प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा टिप्पणी भइरहेको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट प्रहार गरेको क्षेप्यास्त्र जापानको भूभागमा नखसेको र यसबाट हाल कुनै क्षति नभएको जापानी प्रमुख सरकारका प्रवक्ता योशिमासा हयाशीले दाबी गर्नुभएको रोयटर्सले जनाएको छ ।

क्षेप्यास्त्र प्रहारपछि दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले उत्तर कोरियाको उत्तेजनापूर्ण गतिविधिको कडा जवाफ दिने बताएका छन् । उनले प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भएको आरोप लगाएका छन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका