जोडिनुहोस
  • होमपेज
  • उपत्यकामा छठको रौनकः धाप ड्यामको पानी बाग्मतीमा छाड्ने तयारी

उपत्यकामा छठको रौनकः धाप ड्यामको पानी बाग्मतीमा छाड्ने तयारी

काठमाडौं। काठमाडौं उपत्यकामा छठको रौनक शुरू भएको छ । तिहार सकिएलगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा छठका लागि तयारी शुरू भएको हो ।

चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाडौंका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए ।

यस्तै बाग्मती नदीमा पानीको सतह बढाउने तयारी पनि भइरहेको छ । एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने तयारी भएको जनाएको छ । बाग्मती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज बेलुकादेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेन्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका