जोडिनुहोस
  • होमपेज
  • उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदै

उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुँदै

काठमाडौं। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ।

प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद् सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो। जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको जानकारी दिए।

उनले भने, ‘उहाँलाई हटाउनेबारे आज प्रस्ताव दर्ता हुन्छ। त्यसपछि त्यसबारे ७ दिन छलफल हुन्छ। एमाले र कांग्रेसका साथीहरूबाट दर्ता गराउने कुरा छ। भदौ ३० र ३१ गतेभित्र यो कार्यसूचीभित्र चढिसक्छ। त्यसपछि यसबारेमा संसद्मा छलफल हुन्छ। उपसभामुखले जवाफ दिनुहुन्छ। त्यसपछि सभामुख मार्फत निर्णयार्थ प्रस्तुत हुन्छ। त्यसपछि भोटिङ हुन्छ।’

उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको उपसभामुख पद खोस्न लागेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका