जोडिनुहोस
  • होमपेज
  • एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिनेबारे छलफल

एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरियता दिनेबारे छलफल

काठमाडौं। नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल भएको छ ।

बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए ।

२०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् । गौतम हाल राष्ट्रिय सभा सदस्य छन् ।

हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । त्यसपछि गौम र एकीकृत समाजवादीमा नेताहरू संवादमा छन्

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका