जोडिनुहोस
  • होमपेज
  • एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं। एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भइ हाल भक्तपुर थिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्।

उनले भाडामा लिएको ललितपुर महानगरपालिका–८ सौगलमा रहेको कोठाबाट नक्कली नोट बरामद भएको ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनको साथबाट नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए। पक्राउ परेका रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका