जोडिनुहोस
  • होमपेज
  • एनपीएलः जनकपुर बोल्ट्सको लगातार चौथो जित, लुम्बिनीको लगातार चौथो हार

एनपीएलः जनकपुर बोल्ट्सको लगातार चौथो जित, लुम्बिनीको लगातार चौथो हार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । लुम्बिनी लायन्सलाई एक रनले हराउँदै जनकपुरले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम गरेको हो ।

लुम्बिनीको यो चौथो हार हो । जारी प्रतियोगितामा लुम्बिनी जितविहीन छ । जनकपुरको भने यो लगातार चौथो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले लुम्बिनीसामु जितका लागि १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । यस्तै लहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए । शुभ कंसकारले २२ रनको पारी खेले । निर्धारित २० ओभरमा जनकपुरले नौ विकेट गुमाएर १३६ रन बनायो । उत्कृष्ट सुरूआत गरे पनि मध्यक्रम नचल्दा जनकपुरले ठूलो योगफल बनाउन सकेको थिएन । तर जनकपुरले बलिङमा उम्दा प्रदर्शन गर्दा खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो ।

बलिङतर्फ लुम्बिनीका डेब्यु खेलाडी अभिशेष गौतमले तीन विकेट लिए । उनले १३औं ओभरमा लाहिरु मिलान्थालाई २४, हर्ष थाकरलाई एक र जिम्मी नीशमलाई पनि एकै रनमा आउट गरे । कप्तान रोहित पौडेल र साद विन जाफरले समान दुई विकेट लिए ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका