जोडिनुहोस
  • होमपेज
  • एनपीएलको पहिलो उपाधि जनकपुरलाई 

एनपीएलको पहिलो उपाधि जनकपुरलाई 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । खेल जनकपुरले पाँच विकेटले जित्यो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ४३ बलमा ६९ रन बनाएका थिए । उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरेका थिए । विनोद भण्डारीले ३१ बलमा ४१ रनको पारी खेले । यस्तै, ब्रान्डन मक्मुलन र हरमित सिंहले समान १४ रन बनाए ।जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । ललित राजवंशी र जिम्मी नीशमले एक-एक विकेट लिए ।

ब्याटिङतर्फ जनकपुरका लाहिरु मिलान्थाले सर्वाधिक ४९ बलमा ८७ रन बनाए । कप्तान आसिफ शेखले ३३ रन बनाउँदा मोहम्मद मोहसिन ९ रनमा पभेलियन फर्किए । यस्तै हर्ष थाकरले अविजित ३० रन बनाए भने जिम्मी नीशमले ४ रनको पारी खेले ।

बलिङतर्फ सुदूरपश्चिमका सैफ जैब, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए ।पछिल्ला खेलमा लाहिरु मिलान्थाले लय गुमाएका थिए । तर महत्त्वपूर्ण खेलमा मिलान्थाले विस्फोटक ब्याटिङ गर्दा जनकपुरले उपाधि उचाल्यो । जनकपुरले यसअघि लिग र क्वालिफायरमा सुदूरपश्चिमसँग पराजय बेहोरेको थियो । दुवै हारको बदला जनकपुरले फाइनलमा लियो ।

योसँगै विजेता जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरले ५१ लाख प्राप्त गरेका छन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका