जोडिनुहोस
  • होमपेज
  • एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाइ हुने

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाइ हुने

काठमाडौं। सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ।

शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट निवदेन लाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो। २०८० मंसिर २२ मा प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। यो मुद्दामा पेसी चढेपछि नटुङ्गिँदासम्म पूर्ण (लगातार) सुनुवाइ हुने भएको हो।

एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई शेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो। ८ वर्षअघि एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले गत साल नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट यूकेलाई जम्मा ६ अर्ब ५० करोड रुपैयाँमा बिक्री गरेपछि विवाद सुरु भएको थियो।

त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता भएका थिए। कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढङ्गले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै स्वतन्त्र सांसद सिंहले रिट निवेदन दर्ता गराएका हुन्।

यसै विषयमा उच्च अदालत पाटनमा पनि छुट्टै रिट निवेदन दर्ता भएको थियो। उच्च अदालतले तत्कालै एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

त्यसपछि एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोकिएको थियो। उच्च अदालत पाटनको आदेशबमोजिम एनसेलले सेयर बिक्री गर्न नपाउने भएको थियो। सर्वोच्च अदालतमा परेको रिट निवेदन भने अझै विचाराधीन रहेको छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका