जोडिनुहोस
  • होमपेज
  • एन्फा महिला लिगः एपीएफसँग सङ्कटा ३–० गोलले पराजित

एन्फा महिला लिगः एपीएफसँग सङ्कटा ३–० गोलले पराजित

काठमाडौं। एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटालाई ३–० गोलले हरायो । एपीएफका लागि सरु लिम्बु, अनिता केसी र सबिता राना मगरले समान एक गोल गरे ।

प्रतियोगितामा एपीएफको यो पाँचौं जीत हो । एपीएफ ६ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । सङ्कटा ६ खेलमा पाँच अङ्कसहित सातौं स्थानमा छन् ।

एन्फा महिला लिगमा आजै दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका