जोडिनुहोस
  • होमपेज
  • एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा

एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं। नेकपा एमालेका ४६ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले सामूहिक राजीनामा दिएका हुन् । यही पुस ११ गतेदेखि लागू हुने गरी ४६ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका हुन् ।

नेकपा एमालेको नेतृत्व तथा महासचिव शङ्कर पोखरेलको तानाशाही प्रवृत्ति र जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि उनीहरूले सामूहिक रुपमा राजीनामा दिएका हुन् ।

उनीहरूले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बनेपछि आफूलगायत यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर महासचिव पोखरेलको हेपाइका कारण पार्टी परित्याग गर्न बाध्य भएको बताएका छन् ।

पुस १० गते नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

सो पश्चात् ४६ जना नेता तथा कार्यकर्ताहरूले पुस ११ गते सामूहिक राजीनामा दिनुले रावल समर्थक रहेको बुझ्न सकिन्छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका