जोडिनुहोस
  • होमपेज
  • एमालेको जागरण सभाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

एमालेको जागरण सभाले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गर्दा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

अराजकता विरुद्ध चेतना फैलाउन भन्दै एमालेले सभा आयोजना गरेको हो । भद्रकालीबाट शुरू भएको एमालेको ¥याली न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क हुँदै दरबारमार्गको सडकमा पुगेर सभामा परिणत भएको थियो । सभामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै, आजै माइतीघर क्षेत्रमा सहकारी पीडितले पनि प्रदर्शन गरिरहेका छन् । माइतीघरमै म्यानपावरपीडितहरूले न्यायको माग सहित प्रदर्शन गर्दै छन् । विभिन्न दल तथा समूहको प्रदर्शन हुने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने पाँच हजारभन्दा बढी प्रहरी खटाइएको काठमाडौं प्रशासनले जनाएको छ । ट्राफिक व्यवस्थापन सहज बनाउनका लागि पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका