जोडिनुहोस
  • होमपेज
  • एमालेले गर्‍यो उपनिर्वाचनका उम्मेदवार नाम सार्वजनिक

एमालेले गर्‍यो उपनिर्वाचनका उम्मेदवार नाम सार्वजनिक

कीर्तिपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका