जोडिनुहोस
  • होमपेज
  • ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन

ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन

काठमाडौं। नेपाल आईसीसी विश्वकप लिग–२ मा ओमानसँग १ विकेटले पराजित भएको छ।

गुल्शन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल पराजित भएको हो। २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।

ओमानलाई ओपनर कश्यप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए। आजको खेलमा गुल्शनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे। गुल्शनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए।

करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो।

कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए। तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए।

८ टोली सहभागी लिग–२ मा नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ। क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ।

यूएई ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ। नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ। लिग–२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन्।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका