जोडिनुहोस
  • होमपेज
  • कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छः ओली

कहाँ कहाँ पहिरो जान्छ भन्ने सरकारलाई थाहा थिएन, सक्दो काम गरेको छः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताएका छन् ।

अमेरिकाबाट फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सरकारले उद्धार र राहतमा राम्रो काम गरेको बताए । ‘म त बल्ल आज फर्किँदैछु, मैले पाएको जानकारीअनुसार सरकारले क्षमताअनुसारको उद्धार र राहतका कार्यक्रम गरिरहेको छ । विरोधका लागि विरोध गर्नुको औचित्य छैन ।’

मौसम विज्ञान विभागले एक हप्ताअघि अति ठूलो वर्षको नै पूर्वसूचना दिएको र तीन दिनअघि ’रेड अलर्ट’ जारी गरेको अवस्थामा पनि सरकारले पूर्वतयारी किन गर्न सकेन त ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘कहाँ कहाँ पहिरो जान्छ भनेर सरकारलाई थाहा थिएन, थाहा हुने कुरा पनि होइन, काठमाण्डौमा यति धेरै डुबान हुन्छ भन्ने पनि आँकलन भएन । हामी कसैले नसोचेको घटना भएको छ । विपद्पछि भने सरकारले सक्दो काम गरिरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका