जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने तयारी

कांग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गर्ने तयारी

आज बस्ने मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अस्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन्।

आइतबार मन्त्री राणाले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावलाई आज बस्ने मन्त्रिपरिषद्‌ बैठकले अनुमोदन गर्नेछ।

कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन्।

यसअघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो।  रिजाल इजरायलमा राजदूत हुँदा आफूले लगेको सहयोगी भान्सेलाई उतै छोडेर आएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम फिर्ता लिएको थियो।

रिजालले आफू इजरायलको राजदूत हुँदा सहयोगीको रुपमा लगेका दुई व्यक्तिमध्ये एक जनालाई उतै छोडेर आएको उजुरी परेपछि उनको नाम राजदूत सिफारिसबाट फिर्ता गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका