काठमाडौं। काठमाडौंको टोखास्थित गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
टोखा नगरपालिका–२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा घर भई सोही नगरपालिका–८ बस्ने ४ वर्षीया गुराँस सहनीको मृत्यु भएको हो।
उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।