जोडिनुहोस
  • होमपेज
  • काठमाडौंसहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्यस्त

काठमाडौंसहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्यस्त

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर भइरहेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ।

गएरातिदेखि मनसुनी वायुको प्रभाव र भारतको उत्तर मध्य महाराष्ट्र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ। मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षाको रेकर्ड छ।

सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा पनि वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ।

२४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ। यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ।

झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ। उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाले २० जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।

मधेस प्रदेशका सबै जिल्लासहित उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्लामा जोखिम छ। यस्तै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने उल्लेख छ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका