जोडिनुहोस
  • होमपेज
  • कानुनले रविको अनुहार हेर्दैन, जीबीलाई छिट्टै नेपाल ल्याइन्छः गृहमन्त्री

कानुनले रविको अनुहार हेर्दैन, जीबीलाई छिट्टै नेपाल ल्याइन्छः गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन्। बुधबार बिहान रुपन्देहीमा पत्रकारसँग उनले यस्तो बताएका हुन्। उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रुपले गर्ने बताए।

उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए। उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताए। प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने बताए।

अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए। पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको बताए।

उनले भने, ‘अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन। आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रुपले गर्नुपर्ने निकायले गर्ने हो । त्यसका लागि प्रहरी छ अनुसन्धान गर्नका लागि । त्यो अनुसन्धानलाई आवश्यक निर्देशन दिनका लागि, सहजीकरण गर्नका लागि, सहयोग गर्नका लागि महान्यायाधिवक्तासहितको सरकारी वकीलको त्यत्रो ठूलो संगठन छ । त्यसपछि अभियोजन गरिसकेपछि न्यायिक प्रक्रियामा जान्छ र अदालतले त्यसमा छिनोफानो गर्छ।’

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै पनि मानव अधिकारको उल्लंघन नभएको बताए। उनले रविमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताए। गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीबी) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए। उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए।

उनले भने, ‘जहाँसम्म जीबी राईको कुरा यहाँले गर्नुभयो। उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ। हामीले गर्नेकुरा गरिरहेका छौँ। त्यसका बारेमा अगाडि के हुन्छ हेरौँ। हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा। जो संलग्न छ, अनुसन्धान भइरहेको छ।’

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका