जोडिनुहोस
  • होमपेज
  • काभ्रेको पनौतीमा एक महिला मृत फेला

काभ्रेको पनौतीमा एक महिला मृत फेला

काठमाडौं। काभ्रेको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो।

मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ रहेको काभ्रे प्रहरीले जनाएको छ।

मृतकको छोरा सञ्जय तामाङले उनको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए। घटनबारे थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका