जोडिनुहोस
  • होमपेज
  • कालीकोट दुर्घटना अपडेटः मृतक ६ जनाको सनाखत

कालीकोट दुर्घटना अपडेटः मृतक ६ जनाको सनाखत

कालीकोट। पलाता गाउँपालिका जीप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ।

दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दशकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको हो।

घटनास्थल विकट ठाउँमा भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

खिनदेखि थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको जीप आइतबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्।

घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिए। गाडी सडकदेखि दुई सय सय मिटर तल खसेको छ।

घाइते
१) कालिकोट पलाता ६ बस्ने वर्ष नखुलेको केशव थापा (अवस्था गम्भीर)
२) कालिकोट पलाता ६ बस्ने किशोर थापा (अवस्था गम्भीर)
३) कालिकोट पलाता ६ बस्ने विजय थापा (अवस्था गम्भीर)
४) कालिकोट पलाता ६ बस्ने रिदम शाही (अवस्था गम्भीर)
५) कालिकोट पलाता ६ बस्ने प्रतीक्षा शाही (अवस्था गम्भीर)
६) कालिकोट पलाता ६ आशिष रोकाया (अवस्था गम्भीर)
७) कालिकोट पलाता ६ बस्ने भुपेन्द्र रोकाया (अवस्था गम्भीर)
८) कालिकोट पलाता ३ बस्ने दानबहादुर रोकाया (अवस्था गम्भीर)
९) कालिकोट पलाता ३ बस्ने निर्मला रोकाया (अवस्था गम्भीर)
१०) कालिकोट पलाता ३ बस्ने जगत रोकाया (अवस्था गम्भीर)
११) चालक वतन नखुलेको धनीराम रावत (अवस्था गम्भीर)
१२) कालिकोट पलाता ५ बस्ने दोलि विक (अवस्था गम्भीर)
१३) कालिकोट पलाता ५ बस्ने आयुशा विक (अवस्था गम्भीर)

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका