जोडिनुहोस
  • होमपेज
  • कुटपिट गरी धनमाल लुटपाट, चार घण्टा पछिमात्र पुग्यो प्रहरी

कुटपिट गरी धनमाल लुटपाट, चार घण्टा पछिमात्र पुग्यो प्रहरी

सिरहा। गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ।

स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२–१५ जनाको समूहमा आएका लुटेराहरूले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन्।

लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उाको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिए। घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भने, ’सामान्य चोरी भएको भन्ने सूचना आएको थियो। हामीले प्रहरी टोली खटाइसकेका छौँ। थप अनुसन्धान गर्दै छौँ।’

सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन्। खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका समुदायमा यस्ता घट्ना बढ्दो छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?