जोडिनुहोस
  • होमपेज
  • कुलेखानी जलाशय भरियो, २ वटा गेट आंशिक खोलियो

कुलेखानी जलाशय भरियो, २ वटा गेट आंशिक खोलियो

जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछी शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।

पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रुपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो ।

जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ । केन्द्रका प्रमुख तारादत्त भट्टकाअनुसार, पानीको तह १५३०.३५ पुगेपछि बाँधका  ढोका आंशिक रुपमा खोलिएको हो ।

कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नुपर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे ।

बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरपर क्षेत्रका स्थानीय बासिन्दाहरूलाई समयमै सुरक्षित र उच्च सतर्कताका साथ रहन केन्द्रले आग्रह गरेको छ ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका