जोडिनुहोस
  • होमपेज
  • कुवामा डुबेर वृद्धाको मृत्यु

विचित्र संसार

कुवामा डुबेर वृद्धाको मृत्यु

  • Sanchar NP
  • शुक्रबार, जेष्ठ ३१, २०८२
कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा। कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीय कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।

करिब पाँच फिट गहिरो कुँवामा मृतअवस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए ।

परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका