जोडिनुहोस
  • होमपेज
  • कुर्स्कमा युक्रेनी सेनाविरुद्धको लडाइँमा उत्तर कोरियाका एक हजार सैनिकको मृत्यु

कुर्स्कमा  युक्रेनी सेनाविरुद्धको लडाइँमा उत्तर कोरियाका एक हजार सैनिकको मृत्यु

काठमाडौं। रुसको पश्चिमी क्षेत्र कुर्स्कमा युक्रेनी सेनाविरुद्धको लडाइँमा उत्तर कोरियाका एक हजार सैनिकको मृत्यु भएको छ ।

मध्य जनवरीमा मात्र उक्त संख्यामा उत्तर कोरियाली सैनिकको मृत्यु भएको पश्चिमी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो। यस्तै उक्त क्षेत्रमा तीन महिनाको अवधिमा उत्तर कोरियाली सेनाका ४० प्रतिशत सैनिकको मृत्यु भइसकेको अधिकारीको भनाइ छ । युक्रेनविरुद्धको लडाइँमा रुसलाई सघाउन उत्तर कोरियाले ११ हजार सैनिक पठाएको थियो । त्यसमध्ये मृत्यु, घाइते, बेपत्ता भएका र समातिएकाहरुको संख्या ४ हजार रहेको बताइएको छ ।

यस्तै घाइते भएकाहरुको उपचार कहाँ भइरहेको छ भन्ने बारे स्पष्ट छैन । तर, सार्वजनिक भएको तथ्यांकका अनुसार रुस युक्रेन युद्धमा उत्तर कोरियाका नेता किम जोंग उनले भारी मुल्य चुकाइरहेको संकेत गरिएको छ । गत वर्षको अगस्टमा युक्रेनले रुसको पश्चिमी क्षेत्र कुस्र्कमा ठूलो सैन्य कारवाही गरेको थियो भने त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । यस्तै युक्रेनी अधिकारीले उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा कब्जा गर्ने योजना नरहेको स्पष्ट पारेका थिए ।

उत्तर कोरियाली सैनिकको उपस्थितिपछि गत अक्टोबरबाट रुसले त्यस क्षेत्रमा पुनः आफ्नो पकड बनाउने प्रयास गरिरहेको छ । यसअघि दक्षिण कोरियाका एक सांसदले आफ्नो खुफिया एजेन्सीलाई उद्धृत गर्दै उत्तर कोरियाली सेनाले आधुनिक युद्धबारे कम जानकारी प्राप्त गरेको र भाषा नबुझेका कारण ठूलो क्षति बेहोर्नुपरेको बताएका थिए ।

कम जानकारी भए पनि फ्रन्टलाइनमा युक्रेनी सेनाका लागि उत्तर कोरियाली सेनाले समस्या खडा गर्दै आएको युक्रेनी सेनाका कमाण्डर जनरल अलेक्ज्यान्डर सिर्सकीले बताएका छन् । यसअघि युक्रेनी सेनाले दुई उत्तर कोरियाली सैनिकलाई जीवितै पक्राउ गरेको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका