जोडिनुहोस
  • होमपेज
  • कृषि क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

कृषि क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।

“बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्‍याएको सुनिएको छ । यसलाई सम्बोधन गर्न आवश्यक छ,” उनले भने । क्षतिको यकिन तथ्यांक संकलन गरी आगामी रणनीति बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका