जोडिनुहोस
  • होमपेज
  • कोशीका पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न आदेश

कोशीका पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न आदेश

मोरङ। नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापालाई सवारी साधन सुविधा दिने कोशी प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले सोमबार अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वाँस्तोलाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

कोशी मन्त्रिपरिषद्ले असोज १३ गते थापालाई एउटा हलुका सवारी, चालक र मासिक १२५ लिटर इन्धन सुविधा दिने निर्णय गरेको थियो । त्यसका विरुद्ध अधिवक्ता कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले उच्च अदालत विराटनगरमा गत पुस २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गर्नु भएको थियो ।

Loading spinner

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका