काठमाडौं। एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कोशीलाई ४–० गोलले हरायो ।
पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लवती र अमृता जैशीले समान १ गोल गरे । यो जीतसँगै पुलिस ४ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोशी ४ खेलमा ९ अङ्कसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कट क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।